काठमाडौँ, २३ भदौ । जिल्ला तहमा रहेका सरकारी अस्पतालमा औषधिको अभाव देखिएको छ । सरकराले औषधि खरिदका लागि बर्षेनि लाखौं रुपैयाँ बजेट छुट्याउँदा पनि पर्याप्त मात्रामा जिल्ला तहका अस्पतालमा औषधि पुग्ने गरेको छैन।
सरकारले प्रत्येक स्वास्थ्य संस्थामा ७० प्रकारका औषधि नि:शुल्क वितरण गर्ने निर्देशन दिए पनि पर्याप्त औषधि नभएको जिल्ला तहका अस्पतालले बताउँदै आएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ।