श्रम मन्त्रालयको निर्देशिका र कार्यविधि राजपत्रमा प्रकाशित | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

श्रम मन्त्रालयको निर्देशिका र कार्यविधि राजपत्रमा प्रकाशित

gokarna bista

काठमाडौं, ६ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्नो मन्त्रालयको निर्देशिका र कार्यविधि राजपत्रमा प्रकाशित गरेर आम जनतालाई जानकारी दिएको दावी गर्नु भएको छ ।

मन्त्री विष्टले संविधान, कानुन अनुसार बन्ने निर्देशिकाबारे संसदलाई पनि जानकारी गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो । सोमबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले निर्देशिका र कार्यविधिबारे आम जनतालाई जानकारी गराउनु सरकारको कर्तव्य भएको पनि स्विकार गर्नु भयो ।

बैठकमा समितिका सदस्यहरुले संविधान, कानुन विपरित निर्देशिका, कार्यविधि बनाउने काम गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य राधेश्याम अधिकारीले श्रम मन्त्रालयले वैदेशिक रोजगार ऐन विपरित निर्देशिका जारी गरेको पाइएको उल्लेख गर्दै आपत्ति जनाउनु भयो ।

समितिले संविधान र कानुन अनुसार मन्त्रालयहरुले कार्यविधि र निर्देशिका बनाए/नबनाएको अनुगमनको कामलाई सुरु गरेको छ । समितिका सभापति रामनारायण बिडारीले सबै मन्त्रालयलाई छलफलमा बोलाएर ऐन अनुसारको कार्यविधि र निर्देशिका बनाएर अघि बढन सचेत गराउने गरी छलफल अघि बढाइएको पनि जानकारी दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);