जथाभावी नियमावली र निर्देशिका जारी नगर्न राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाको सरकारसंग आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जथाभावी नियमावली र निर्देशिका जारी नगर्न राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाको सरकारसंग आग्रह

ganesh prasad timilsina

काठमाडौं, ९ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र कानुनको मर्म विपरित नियमावली र निर्देशिका जारी नगर्न सरकारसंग आग्रह गर्नुभएको छ ।

बिहिवार राजधानीमा आयोजित प्रत्यायोजित बिधायनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संविधानको मर्म अनुसार सरकारले नियमावली र निर्देशिका जारी गरे÷नगरेको निगरानी गर्न पनि राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई निर्देशन दिनु भयो । उहाँले संविधानको मर्म अनुसार कानुन र कानुनको परिधिभित्र रहेर नियमावली तथा निर्देशिका जारी गर्न पनि संघीय संसद र सरकार दुवैको ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रमम प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले जथाभावी सरकारले नियमावली र निर्देशिका जारी गर्न थालेपछि त्यसलाई रोक्ने ठोस रणनीति तय गर्न समितिले विज्ञहरुसहितको अन्तरक्रिया कार्यक्रम आयोजना गर्नु परेको उल्लेख गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा विज्ञहरुसहित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु तथा कानुन निर्माणमा सहभागी हुने नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);