मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस) को शुभारम्भ | ईमाउण्टेन समाचार

Our Network

फागुन २४ २०८२, सोमबार

मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस) को शुभारम्भ

काठमाडौं १ साउन । सरकारले ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ को शुभारम्भ गरेको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमममा अर्थमन्त्री युवराज खतिवडाले उक्त प्रणालीको शुभारम्भ गर्नुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने मूल उद्देश्यका साथ कानून बमोजिम एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेबमा आधारित केन्द्रिय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्रै ओसारपसार गर्नुपर्ने गरी सो प्रणालीको शुरु गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकमा हुने अवैध आर्थिक कारोबारलाई अन्त्य गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ सरकारले सो प्रणालीको पनि सुरुवात गर्नु परेको उल्लेख गर्नुभयो । यो व्यवस्था लागू भएसँगै सरकारले मालबहाक सामान चेकजाँचका लागि संचालन गरिएको सबै पोष्टहरु हटाउनेछ ।