मुख्य विभागहरूको नेतृत्वबारे नेकपामा जुटेन सहमति | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

मुख्य विभागहरूको नेतृत्वबारे नेकपामा जुटेन सहमति

prachanda oli

काठमाडौं, १ साउन । नेपाल कम्युनिष्ट पार्टीमा मुख्य विभागहरूको नेतृत्वबारे सहमति नजुट्दा पार्टी एकता प्रक्रिया लम्बिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार र मंगलबार दुई अध्यक्षबीच भएको लामो छलफलमा पनि पार्टीका पाँच मुख्य विभागको नेतृत्व कसले गर्ने भन्ने निष्कर्ष निस्किएन । पार्टीको संगठन, स्कुल, प्रचार, विदेश र आर्थिक विभागको नेतृत्व सचिवालय सदस्यबाटै लिनु पर्नेमा शीर्ष नेताहरू सहमत भए पनि कुन विभागको इन्चार्ज को हो हुने भन्नेबारे विवाद कायमै छ । सहमति अनुसार ६० र ४० को भागबन्डामा ४४ जिल्लामा पूर्वएमाले र ३३ जिल्लामा पूर्वएमाओवादीले जिल्ला इन्चार्जको नेतृत्व लिनेछन् ।

यसैगरी शीर्ष नेताहरूले केन्द्रीय सल्लाहकार समिति, जेष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, लेखा परीक्षण आयोग र निर्वाचन आयोग गठनमा पनि सहमति जुटाएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सबै तयारी पूरा गरेर साउन ५ गते सचिवालय बैठक बस्ने र पार्टीको सांगठनिक एकताको काम सक्ने जानकारी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);