कम्युनिष्टलाई अमेरिका छाड्न ट्रम्पको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

कम्युनिष्टलाई अमेरिका छाड्न ट्रम्पको चेतावनी

trump-syria

एजेन्सी, ३१ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिष्टहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन् । एकपछि अर्को ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले साम्यवादी र समाजवादीहरुलाई अमेरिका छाड्न चुनौति दिएका हुन् । खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीमाथि समेत एकसाथ प्रहार गरेपछि राष्ट्रपति ट्रम्प फेरि विवादमा तानिएका छन् ।

ट्वीटमा ट्रम्पले अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने सचेत गराउँदै यसमा खुशी हुन नसक्नेहरुले अमेरिका छाड्न सक्ने विकल्प रहेको प्रष्ट पारेका छन् । केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेको भन्दै ट्रम्पले त्यस्ता व्यक्ति इजरायल विरोधी र अलकायदा समर्थक रहेको आरोप समेत लगाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);