सरकारले गर्यो नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सरकारले गर्यो नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा

pm kp oli

तेजना पण्डित

काठमाडौं, ३१ असार । सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन अवस्थाको समीक्षा गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयहरुको ६० देखि ८० प्रतिशतसम्मको कार्य सम्पादन प्रगति विवरण पेश गरिएको छ । मन्त्री र सचिवहरुको उपस्थितिमा भएको मन्त्रालयगत कार्य प्रगतिको समीक्षामा पेश गरिएको प्रगति विवरणप्रति प्रधानमन्त्रीले खासै सन्तुष्टि जनाउनु भएन । मन्त्री र सचिवबीचमा आपसी तालमेल हुन नसकेकोमा समेत प्रधानमन्त्रीले मन्त्रीमाथि प्रश्न उठाउनु भयो । मन्त्री र सचिवबीच देखिएको असमझदारी र प्रधानमन्त्रीको असन्तुष्टिलाई लिएर नेता तथा पूर्वप्रशासकहरुले अनेक अडकलबाजी गर्न थालेका छन् ।

गत हप्ताको बिहिवार र शुक्रवार सरकारको निति तथा कार्यक्रम र वजेट कार्यान्वयनको समिक्षा गर्न वसेको बैठकमा श्रम ,परराष्ट्र र रक्षा मन्त्रालयले ८० प्रतिशत काम सम्पन्न गरेको प्रतिवेदन पेश गरेका थिए । त्यससँगै अन्य मन्त्रालयले ६० प्रतिशत भन्दा बढि काम गरेको प्रतिवेदन पेश गरेका छन् । तर मन्त्रालयले पेश गरेको प्रगतीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पत्याउन सक्नु भएन । सोही समिक्षाका क्रममा मन्त्रालयले दावी गरेको जस्तो प्रगती नदेखीएको भन्दै मन्त्री र सचिवको बिचमा आपसी तालमेल गरेर अघि बढ्न समेत प्रधानमन्त्रीले निर्देशन दिनुभयो । यस्तो अवस्था आउनुमा सचिव र मन्त्री स्तरमा स्थलगत अनुगमन हुन नसक्नु र अन्य कर्मचारीले बताएको आधारमा प्रगती विवरण सार्वजनिक गरिनुले समस्या देखिएको पूर्व सचिव डाक्टर रविन्द्र कुमार शाक्यको विश्लेषण छ ।

व्यवहारिक चुनौतीहरु देखीएका कारण सरकारले जनचाहना अनुसार कार्यहरु संचालन गर्न नसकेको पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको बुझाइ छ ।

कार्यान्वयन नभएका योजना पनि आफ्नो प्रगति विवरणमा पेश गर्ने गरेको मन्त्रीहरुमाथि आरोप लाग्ने गरेको छ । यस्तो कार्य नौलो नभएको र पहिलेदेखी नै चल्दै आएको पूर्व प्रशासकहरुको बुझाइ छ । स्थलगत अनुगमन गरी पुरस्कार र सजाएको व्यवस्था गर्न सके यो परम्पराको अन्त्य हुने पूर्व सचिव शाक्यको सुझाव छ ।

सरकारले बोली र कागजी रुपमा मात्र प्रगतीको विवरण पेश गर्ने तर व्यवहारीक रुपमा कार्यान्वयन आउन नसकेको भनेर आम नागरीकले बारम्बार गुनासो गर्ने गरेका छन् । यस्तो अवस्थामा सरकारले पेश गर्ने प्रगती विवरणलाइ व्यवहारीक रुपमा अघि बढाउनका लागी मन्त्रालयगत संचालन भएका निति तथा कार्य योजना सहि ठाउमा सहि ढङ्गले व्यवहारिक रुपमा कार्यान्वयन गर्न सक्नु पर्दछ । यसो गर्नसके मात्र सरकारको प्रगती मापन गर्न सकिन्छ र आम नागरीकको पनि सरकार प्रति विश्वास बढ्ने अवस्था आउने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);