सरकार र प्रतिबन्धित दल विप्लव नेतृत्वको नेकपा बीच वार्ता हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सरकार र प्रतिबन्धित दल विप्लव नेतृत्वको नेकपा बीच वार्ता हुँदै

biplop

काठमाडौं, ३१ असार । सरकार र सरकारद्वारा प्रतिबन्धित दल नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच आज वार्ता हुँदैछ ।

वार्ताका लागि बाँकेको नेपालगञ्ज क्षेत्र तोकिएपनि वार्तास्थल भने खुलाइएको छैन । वार्ताका लागि पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोली नेपालगञ्ज पुगेको छ । विप्लव समूहबाट वार्तामा सहभागी हुने नेताहरुको नाम खुलाइएको छैन । यसअघि आइतबार पनि विप्लवका केही नेताहरुसँग छलफल भएको थियो । छलफल सकारात्मक भएपछि निर्णायक वार्ताका लागि सरकार र विप्लवका नेताहरु जुटेका हुन् ।

विप्लव समूहका एक नेताका अनुसार चार सर्त पूरा गर्ने सहमतिपछि वार्ता प्रक्रिया अघि बढ्ने बताएका छन् । चार सर्त मध्य सरकारले लगाएको प्रतिबन्ध फिर्ता हुनुपर्ने विषय पहिलो प्राथमिकतामा राखिएको छ । आफ्ना मागहरु सम्बोधन भएमात्र वार्ता प्रक्रिया अघि बढ्ने विप्लव समूहका नेताको दाबी छ । आजको वार्ता निर्णायक हुने सरकारी वार्ता टोलीको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);