बाढी र वर्षाले तरकारीको भाउ अकासियो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बाढी र वर्षाले तरकारीको भाउ अकासियो

tarkari falful

काठमाडौं, ३१ असार । अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा तरकारीको भाउ अकासिएको छ । भारी वर्षाले बाढी र पहिरो जाँदा यातायात आवागमन प्रभावित भई आपूर्ति हुन नसक्दा तरकारीको मूल्य बढेको हो । एक साताको अवधिमा हरेकजसो तरकारीमा प्रतिकिलो २० देखि ३० रुपैयाँ वृद्धि भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डको तथ्यांकअनुसार सबैभन्दा धेरै गोलभेडा, बोडी, सिमी, गाजर, काउलीलगायतका तरकारीको मूल्य बढेको छ । गोलभेडा, बोडी, सिमीमा प्रतिकिलो २० रुपैयाँ मूल्य बढेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा २५ असारमा गोलभेडाको मूल्य प्रतिकिलो १ सय रहेकोमा मंगलबार १२० रुपैयाँ पुगेको छ । यसैगरी, सिमी प्रतिकिलो १४० बाट बढेर १६० रुपैयाँ पुगेको छ । बोडी प्रतिकिलो ११० बाट १४० रुपैयाँ पुगेको छ । गाजर प्रतिकिलो ११० बाट १२०, भन्टा ८० बाट ९०, काउली ९० बाट १ सय, बन्दा ५० बाट ६०, लौका ८० बाट ९० र फर्सी ८० बाट ९० रुपैयाँ पुगेको छ ।

तरकारीमा भएको मूल्यवृद्धिले उपभोक्तालाई भने भान्सा चलाउनै समस्या हुन थालेको छ । चितवन घर भई सोह्रखुट्टे बस्दै आएकी कमला अर्यालले तरकारीको मूल्यवृद्धिले भान्सा चलाउनै मुस्किल भएको बताइन् । मूल्यवृद्धिका कारण एक दिनलाई पाक्ने तरकारी तीन दिनलाई पु¥याउनुपर्ने अवस्था रहेको उनले सुनाइन् ।

यसैगरी, नुवाकोट घर भई सिनामंगल बस्ने सीता कार्कीले महँगीले आयस्रोत कम भएका उपभोक्तालाई भान्सा चलाउनै कठिन भएको बताइन् । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);