सय बढी गाउँँ पहिरोको उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सय बढी गाउँँ पहिरोको उच्च जोखिममा

pahiro

काठमाडौं, ३१ असार । मुलुकका विभिन्न भागमा परेको अविरल वर्षाका कारण भूकम्प प्रभावित १८ जिल्लाका सय बढी गाउँँ पहिरोको उच्च जोखिममा परेका छन् । ती गाउँका १ हजार ८ सय परिवार पहिरोको जोखिमका कारण पानी पर्दा रातभर जाग्राम बस्न बाध्य छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिरोको उच्च जोखिममा रहेका सयभन्दा बढी गाउँका १ हजार ८ सय परिवारलाई समयमा नै अन्यत्र स्थानान्तरण गर्न नसक्दा उनीहरूमा भय र त्रास छाएको हो ।

पुनर्निर्माण प्राधिकरणले केही समयअघि भूकम्प प्रभावित जिल्लाका १ हजार ३९ गाउँको भौगर्भिक अध्ययन गरेको थियो । अध्ययनका क्रममा २७२ गाउँका ४ हजार ६ सय परिवार पहिरोको उच्च जोखिममा रहेको तथ्य खुलेको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरेले पहिरोको जोखिम पहिचान गरिएका २७२ गाउँलाई अन्यत्र स्थानान्तरण गर्ने प्रक्रिया थालिए पनि सफल हुन नसकेको बताए । उनले २७२ बस्तीका २ हजार ६ सय बासिन्दालाई भने सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिसकिएको जानकारी दिए ।

सहायक प्रवक्ता घिमिरेले १ हजार ८ सयभन्दा बढी परिवार भने अहिले पनि जोखिमयुक्त गाउँमा नै बस्न बाध्य भइरहेकाले उनीहरूलाई पनि छिट्टै स्थानान्तरण गर्ने गृहकार्य अघि बढाइएको बताए । भूकम्प प्रभावित गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रामेछाप, सिन्धुली, दोलखालगायतका जिल्लाका गाउँहरू पहिरोका उच्च जोखिममा रहेका हुन् ।

१२ वैशाख २०७२ मा १२ आएको विनाशकारी भूकम्पका कारण मुलुकका पहाडी जिल्लाका अधिकांश भूभाग कमजोर हँुदा पहिरोको उच्च जोखिम रहँदै आएको छ । पुनर्निर्माण प्राधिकरणका भूगर्भविद्हरूले भूकम्प प्रभावित जिल्लाका पहाडी गाउँहरू असुरक्षित हुँदै आएकाले धेरै गाउँ अन्यत्र सार्न सुझाव दिँदै आएका छन् । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);