आज गुरु पूर्णिमा पर्व मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आज गुरु पूर्णिमा पर्व मनाइँदै

guru purnima

काठमाडौं, ३१ असार । आज अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी गुरु पूर्णिमा पर्व मनाइदै छ ।

आजको दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ । गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै गुरुपूर्णिमा मनाउने गरिन्छ । सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार व्यक्त गर्ने विशेष दिनका रुपमा लिने गर्छन् ।

राती १ बजेर ४६ मिनेटमा खण्डग्रास चन्द्रग्रहण लाग्ने

त्यस्तै, आज राती खण्डग्रास चन्द्रग्रहणु लाग्ने भएको छ । यो खण्डग्रास चन्द्रग्रहण नेपाल, भारत लगायत एशिया, अफ्रिका, अमेरिका, अस्ट्रेलिया, अफगानिस्तान, लगायत केहि र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । नेपाली समय अनुसार आज रातीको १ बजेर ४६ मिनेटमा स्पर्श हुने र रातीको ३ बजेर १५ मिनेटमा मध्य तथा रातीकै ४ बजेर ४५ मिनेटमा मोक्ष हुनेछ । ग्रहणको अवधि २ घण्टा ५९ मिनेटको रहनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);