राष्ट्रपति ट्रम्पमाथि रंगभेदको आरोप | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

राष्ट्रपति ट्रम्पमाथि रंगभेदको आरोप

trump tv address

एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रंगभेदको आरोप लागेपछि फेरि विवादमा तानिएका छन् । केही महिला सांसदप्रति लक्षित गर्दै आक्रामक ट्वीट गरेपछि राष्ट्रपति ट्रम्पमाथि रंगभेदको आरोप लागेको हो ।

राष्ट्रपति ट्रम्पले केही महिला सांसदहरुलाई पूर्णरुपमा असफल राष्ट्रबाट अमेरिका आएको भन्दै उनीहरुलाई पुरानै मुलुकमा फर्कन भन्दै ट्वीट गरेका थिए । राष्ट्रपति ट्रम्पको ट्वीट डेमोक्रयाटिक महिला सांसदहरुप्रति लक्षित रहेको र ट्वीटमा कुनै पनि महिला नेतृको नाम उल्लेख नभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अहिले ट्रम्पको ट्वीटको तीव्र आलोचना भइरहेको छ । ट्रम्पले ल्याटिन तथा अफ्रिकन मुलका महिला नेतृलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका हुन् । डेमोक्र्याटिक पार्टीका प्रगतिशील धारका चार महिला नेतृको समूह ‘द स्क्वाड’ सँग सभामुख न्यान्सी पेलोसीको गत हप्ता विवाद भएको थियो ।

त्यसको हप्ता दिनपछि ट्रम्पले उनीहरु विरुद्ध रंगभेदी ट्वीट गरेका छन् । ट्रम्पले ती नेतृहरु आफ्नो ‘मूल’ देश फर्किने भए यात्राको निःशुल्क व्यवस्थापनका लागि सभामुख पेलोसी खुशी हुने पनि ट्वीटमा उल्लेख गरेका छन् ।

सभामुख पेलोसीले भने ट्रम्पको ट्वीट अमेरिकालाई विभाजित गर्ने खालको बताएकी छन् । उनले विविधता नै अमेरिकाको बल र एकता नै शक्ति रहेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेकी छन् । केही सांसदहरुले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाउनुपर्ने धारणासमेत सार्वजनिक गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);