काठमाडौं, २९ असार । साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से ०दशमलव ९५ अंकले बढेर १२सय ४९दशमलव ४९ अंकमा पुगेको छ ।
१ सय ६१ कम्पनीका १० लाख ४२ हजार ६ सय ४६ कित्ताशेयर ४ हजार ९ सय २१ पटकको कारोबारबाट २८ करोड ५२ लाख १४ हजार ५ सय ७२ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०दशमलव २४ अंकले बढेर २सय ६८दशमलव ५७ अंकमा पुगेर बन्द भएको छ ।
आइतबार कारोबार भएका ११ समूहमध्ये ५ वटा समूहको परिसूचक ओरालो लागेको छ । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको २ करोड ५३ लाख बढीको शेयर कारोबार भएको छ ।
महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव ९० प्रतिशतले कमाएका छन भने मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८दशमलव २७ प्रतिशतले गुमाएका छन ।