बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बैतडी, २२ भदौ । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले सरकारले सामाजिक स्वास्थ्य विकास समितिमार्फत सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम बैतडीमा प्रभावकारी बन्दै गएको छ ।

 

बैतडीमा आयोजित ‘स्वास्थ्य बिमा समीक्षा’ कार्यक्रममा भौगोलिक कठिनाइ, गरिबी, चेतनास्तरलगायत चुनौतीका बाबजुद बिमा कार्यक्रममा नागरिकको आकर्षण बढेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रबन्धक जनक साउदले बताए ।

 

समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर भुवन पौडेलले स्वास्थ्य बिमा कार्यक्रम गरिब तथा विपन्न परिवारका लागि उपयोगी सिद्ध भएको बताएका छन् ।

 

२०७३ पुसदेखि सुरु गरिएको बिमा कार्यक्रमअन्तर्गत बैतडीमा हालसम्म ६ सय २७ घरपरिवारका तीन हजार ३९ जनाले स्वास्थ्य बिमा गराएका छन् भने तीन सय २० जनाभन्दा बढीले बिमापछिको उपचार सेवा लिएका छन् । कार्यक्रम लागू भएपछि गरिब, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रुपमा स्वास्थ्य सेवा पाएका छन् । बिमाका लागि वार्षिक रुपमा प्रत्येक पाँच जनासम्मको परिवारले दुई हजार ५ सय र परिवारका सदस्य पाँच जनाभन्दा बढी भएमा थप चार सय २५ रुपैयाँ शुल्क लाग्छ । विमित परिवारले समितिले तोकेको स्वास्थ्य संस्थाबाट एक वर्षसम्म ५० हजार रुपैयाँबराबरको उपचार सेवा पाउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);