काठमाडौं, २७ असार । शुक्रवार यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।
नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको थियो । बिमान कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ’डेल्टा’ नामको ट्याक्सीवे नजिकैको धावनमार्गबाट चिप्लिएको हो । विमानमा सवार यात्रुहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई उद्धार गरी उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलका प्रवक्ताले जनाएका छन् । बिमान चिप्लिएपछि केहीबेर आन्तरिक तथा बाह्य सबै उडान बन्द गरिएको थियो ।




