काबेली करिडोरमा नियोजित अवरोध: प्राधिकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काबेली करिडोरमा नियोजित अवरोध: प्राधिकरण

bijuli

काठमाडौं, २७ असार । निर्माणाधीन काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा ‘नियोजित अवरोध’ उत्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एन्ड एस्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्स्ट्रक्सन कम्पनीका कारण पाँच दिनदेखि निर्माण अवरुद्ध हुन पुगेको प्राधिकरणले जनाएको छ । पेटी ठेक्का लिएको भगवतीले स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो तर उनीहरूले काम गरे पनि पैसा नपाएको भन्दै निर्माण अवरुद्ध गरेका हुन् ।

प्रसारण लाइनको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्डमा पर्ने १३ किलोमिटर प्रसारण लाइनमा करिब दुई किलोमिटर मात्रै तार तान्न बाँकी छ । यो आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) खण्ड सञ्चालनमा आइसकेको छ ।

लखनपुर गोदक, थापाटार ९फिदिम० र अमरपुरमा १३२ र ३३ र ११ केभी सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा छन् । तेस्रो खण्ड असारभित्रमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो ।

काबेली करिडोर प्रसारण लाइनमा जोडिने जलविद्युत् आयोजनाका प्रवद्र्धकले प्रसारण लाइनको आफैँ पेटी ठेक्का लिएर नियोजित रूपमा निर्माणमा ढिलाइ गरिदिएको दाबी प्राधिकरणको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “प्राधिकरणले प्रसारण लाइनको निर्माण सक्ने तर आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत् जोड्न नसकी जरिवाना (पेनाल्टी) तिर्नुपर्ने अवस्था आएपछि उनीहरूले नियोजित रूपमा काममा अवरोध गरेको पाइएको छ ।”

रैराङले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने इवाखोलामा ९/९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत् काबेली करिडोर प्रसारण लाइनको तेस्रो खण्डको अमरपुर सबस्टेसनमा जोडिनेछ । प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौताअनुसार आयोजनाले विद्युत् उत्पादन गर्नुपर्ने मिति आगामी साउन १ मा छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);