कञ्चनपुर, २६ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका १७ स्थित महाकाली बाल विद्यालयमा अध्ययनरत एक छात्रको शिक्षकको कुटाइबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कक्षा ९ मा अध्ययनरत १३ वर्षीय माधव कलौनीको भारतको बरेलीस्थित अपस्तालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो ।
बैतडी शिवनाथ गाउँपालिका घर भई भीमदत्त नगरपालिका ५ बनगाउँमा मामाको घरमा बसेर अध्ययन गरिरहेका कलौनीलाई महाकाली बाल विद्यालयकै शिक्षकहरुले असार १३ गते कुटपिट गरेको परिवारको दाबी छ । शिक्षकहरुले विद्यालयमा खुकुरी ल्याएको भन्दै कुटपीट गरेका कारण माधवको खुट्टा भाँचिनु हुनुका साँथै छातीमा समेत चोट लागेको माधवका मामा पुष्पमणी जोशीले बताए ।