सरकारले मुलुकको आर्थिक विकासलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास गरिरहेको परराष्ट्रमन्त्रीको दावी | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

सरकारले मुलुकको आर्थिक विकासलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास गरिरहेको परराष्ट्रमन्त्रीको दावी

pradeep gywali

काठमाडाैं, २४ असार । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले मुलुकको आर्थिक विकासलाई केन्द्र भागमा राखेर कूटनीतिक अभ्यास गरिरहेको दावी गर्नु भएको छ । मन्त्री ज्ञवालीले मुलुकको तीव्र आर्थिक विकास हुनेगरी कूटनीतिक पहलकदमी लिन राजदुतहरुलाई पनि आग्रह पनि गर्नु भयो ।

मंगलबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले सन्तुलित ढंगले परराष्ट्र नीतिलाई अघि बढाएको पनि बताउनु भयो । मन्त्री ज्ञवालीले नेपालको कूटनीतिलाई सन्तुलित ढंगले अघि बढाउन पूर्व राजदुतहरुको अनुभवलाई सरकारले ग्रहण गरिरहेको पनि स्मरण गराउनु भयो ।

मन्त्री ज्ञवालीले राष्ट्रहितमा केन्द्रित हुने गरी सरकारले अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाएको पनि बताउनु भयो । कार्यक्रममा मन्त्री ज्ञवालीले ‘नेपालको कूटनीतिक अभ्यासमा पूर्व राजदुतहरुको अनुभव’ नामक पुस्तक पनि विमोचन गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);