नुवाकोटमा कृषिको ४० प्रतिशत बजेट फ्रिज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नुवाकोटमा कृषिको ४० प्रतिशत बजेट फ्रिज

nuwakot krishi gyan kendra

काठमाडौं, २४ असार । चालु आर्थिक वर्षमा तोकिएको काम गर्न नसक्दा कृषि क्षेत्रको चार करोड रुपैयाँ बजेट फ्रिज भएको छ। कृषि ज्ञान केन्द्र नुवाकोटमा आएको अधिंकाश कार्यक्रम सञ्चालन हुन नसक्दा ४० प्रतिशत बजेट फिर्ता हुने भएको केन्द्र प्रमुख केशव खनालले जानकारी दिए।

२०७५/७६ मा काम हुन नसक्दा कार्यालयमा आएको १० करोड बजेटमध्ये ६ करोड मात्रै खर्च भएको उनले बताए। ‘गत कात्तिक १४ गते स्थापना भएको केन्द्रले एक वर्षमा सञ्चालन गर्नु पर्ने कार्यक्रम चार महिनामा गर्नुप¥र्यो, त्यसैले सबै काम गर्न सकिएन’, खनालले भने, ‘कार्यालयसँगै कार्यक्रम पनि ढिलो आयो, कर्मचारीको अभावसँगै कार्यविधिमा अस्पष्टताले पनि समस्य भयो।’

कार्यालयमा १७ जनाको दरबन्दी रहेकोमा १० जनाको मात्रै पदपूर्ति भएको केन्द्र प्रमुख खनालले बताए। चालु आवमा आएका ९ शीर्षकको कार्यक्रममध्ये भूमि व्यवस्था तथा सहकारी कार्यक्रम, वन तथा वातावरण संरक्षण, मेसिन तथा औजार वितरण लगायतका कार्यक्रम सञ्चालन हुन नसकेको केन्द्रले जनाएको छ।

केन्द्रले नुवाकोट र रसुवामा रैथाने बाली संरक्षण कार्यक्रम, ब्लकका कार्यक्रम, बिमासम्बन्धी तालिम, पकेट क्षेत्र विस्तार लगायतका कार्यक्रम भने सम्पन्न गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि समयमै कार्यक्रम पठाएमा शतप्रतिशत कार्यक्रम गर्न सकिने केन्द्रको भनाइ छ। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);