सिन्धुलीमा पत्रकार कुट्ने प्रहरी हवल्दार र जवान निलम्बित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिन्धुलीमा पत्रकार कुट्ने प्रहरी हवल्दार र जवान निलम्बित

police-patrakar

काठमाडौं, २४ असार । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथी कुटपिट गर्ने प्रहरी हवल्दार र प्रहरी जवान निलम्बनमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामसिंह लामा र प्रहरी जवान विकास स्याङ्तान कार्की र दाहालमाथी निर्घात कुटपीट गरेको अभियोगमा निलम्बनमा परेका हुन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक अपराधमा संलग्न भएको भन्दै ६ महिनाका लागि निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव निरीक्षक लोकदर्शन थापाले बताए।

सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पत्रकारमाथि भएको कुटपीटको घटनालाई लिएर किटानी जाहरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगेको पत्रकार महासंघको टोलीसंग कुराकानी गर्दै थापाले भने, ‘कुटपिटमा संलग्न हवल्दार र जवान दुबैलाई छ महिनाका लागि निलम्बन गरेर अनुशन्धान अघि बढाएका छौं।’

कमलामाई नगरपालिका ६ शिवनगरचोकमा रहेको शिवनगर खाजा घरमा शनिवार राति करिव ९ बजे खाना खाँदै गर्दै लामा र स्याङ्तानले पत्रकार कार्की र दाहालमाथी निर्घात कुटपिट गरेका थिए। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);