काठमाडौं, २० असार । अदालतले अभियुक्त ठहर गरेपछि फरार भएका व्यक्ति सत्र वर्षपछि पक्राउ परेका छन् । आगजनी मुद्दामा जिल्ला अदालतबाट तीन वर्ष चार महिना १८ दिन कैद सजाय पाएका भोजपुर नगरपालिका–३ का ३९ वर्षीय कृष्णबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको हो ।
चौहानलाई सुनसरी प्रहरीले इटहरी उपमहानगरपालिका–२ हलगाडामा लुकिछिपी बसेको अवस्थामा प्रक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार उनलाई बिहीबार कारागार चलान गरिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।