मनु हुमागाईंलाई नयाँ शक्तिले गर्‍यो कारबाही, नेकपा प्रवेशको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

मनु हुमागाईंलाई नयाँ शक्तिले गर्‍यो कारबाही, नेकपा प्रवेशको तयारी

manu-humagaai

काठमाडौं, २० असार । तत्कालीन नयाँ शक्ति पार्टीको महिला संगठन महिला शक्ति महासंघले मनु हुमागाईंलाई महिला शक्ति महासंघको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरेको छ । उनले  संगठनलाई नोक्सान पुर्‍याउने गतिविधि गरेकोले शुक्रबार  बसेको महिला शक्ति महासंघको सचिवालय बैठकले यो निर्णय गरेको हो ।

साथै बैठकले महिला शक्ति महासंघको संयोजकमा सर्वसम्मत रुपमा भगवती सुवेदीलाई चयन गरेको छ । बैठक महिला शक्ति महासंघकी इन्चार्ज हिसिला यमीको उपस्थितिमा काठमाडौंमा बसेको थियो । हुमागाई  देबेन्द्र पराजुली कल्पना धमलासंग नेकपा प्रवेश गर्दै छिन्।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);