क्यालिफोर्नियामा दुई दशक यता कै शक्तिशालीे भूकम्प | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

क्यालिफोर्नियामा दुई दशक यता कै शक्तिशालीे भूकम्प

bhukampa

एजेन्सी, २० असार ।  अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस) का अनुसार ६.४ म्याग्निच्युडको भूकम्प जाँदा भवनहरुमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको छ । भूकम्पको केन्द्रविन्दु क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको छ । लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट शहर केन्द्रविन्दु रहेको जनाइएको छ । उद्धार तथा राहतको काम जारी रहेको अग्निनियन्त्रकहरुले बताएका छन् । पछिल्लो दुई दशक यता कै शक्तिशाली भूकम्प रहेको जनाइएको छ । केन्द्रविन्दु रहेको शहरमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);