पूर्वमन्त्री पनि मेयरका उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काठमाडौँ, २२ भदौ । जिल्लामा पूर्वसहायक मन्त्रीदेखि केन्द्रीय नेताका छोरासम्म स्थानीय तह प्रमुख पदका उम्मेदवार बनेका छन्। राजविराज नगरपालिकामा पूर्वसहायक मन्त्री अनिस अन्सारी माओवादीबाट मेयरका उम्मेदवार बनेका छन्।

उनी सद्भावनाका संस्थापक महासचिव हुन्। अन्सारी केही दिनअघि मात्र माओवादी प्रवेश गरेका थिए। जनकपुरमा भएको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका थिए। उनी राजविराजका पूर्वप्रधानपञ्च पनि हुन्। राजविराजमा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य शैलेश चौधरी पनि मेयरको उम्मेदवार बनेका छन्।

उनी राजविराजको पूर्वमेयर पनि हुन्। उता राजपा केन्द्रीय सदस्य साधना झाले पनि राजविराज नगरपालिका उपप्रमुखका लागि मनोनयन दर्ता गराएकी छिन्। उता राजपा वरिष्ठ उपाध्यक्ष नवलकिशोर साहका छोरा शैलेश साह हनुमाननगर कंकालिनी नगरपालिका मेयरको उम्मेदवार बनेका छन्। राजपाकै अर्का उपाध्यक्ष शेखर सिंहका छोरा सतिशकुमार सिंह तिलाठी–कोइलाडी गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन्।

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अनिरुद्धप्रसाद सिंहका छोरा आतेश सिंह बौदेबर्साइन नगरपालिकाको मेयरको उम्मेदवार बनेका छन् । तिलाठी–कोइलाडी गाउँपालिका अध्यक्षमा कांग्रेसबाट साधारण कार्यकर्ता मात्र रहेका अरुण मण्डलले मनोनयन दर्ता गराएका छन् । सोही गाउँपालिका अध्यक्षमा समाजवादी फोरमबाट युवा नेता नवनीत झाले उम्मेदवारी दर्ता गरेका छन्।

जिल्लाबाट आठ सय ५६ जनप्रतिनिधि चुनिने छन्। सप्तरीका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले १८ वटै स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक मनोनयन दर्ता भएको जानकारी दिए। जिल्लामा तीन लाख ३१ हजार ६ सय ७९ मतदाता छन्। आजको नयाँ पत्रिकामा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);