असार २२ गते नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

असार २२ गते नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक

nepali congress

काठमाडौं, १८ असार । झण्डै ३ महिनापछि आगामी असार २२ गते नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक बस्न लागेको छ । बैठकमा भातृ संस्था नेपाल बिद्यार्थी संघको तदर्थ समिति गठन, तरुण दललाई पुर्णता दिने, संघीय संरचना अनुसार विभागहरुको गठन, देशैभर भएको जागरण अभियानको समिक्षा लगाएतका बिषयमा छलफल गर्नेे एजेण्डा रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले बताए ।

सभापति शेरबहादुर देउवाको कार्यकाल आगामी फागुनमा सकिंदैछ । नेपाली कांग्रेस १४ औं महाधिवेसनमा आउंदो फागुनमा जानु पर्ने भएकाले पार्टीको केन्द्रीय समिति बैठक र त्यसले गर्ने निर्णय महत्वपूर्ण हुनेछ ।

पार्टी बिधान अनुसार कांग्रेसले संघीय संरचनामा आफ्ना भातृ संगठनको बिस्तार गर्नु पर्ने छ । तर असारसम्म पनि संघीय संरचनाअनुरुप संगठनहरु विस्तार गर्न सकेको छैन । यसले पार्टी चलाएमान नभएको भन्दै कांग्रेसका नेताहरुले पटक पटक सभापतिलाई संघीय संरचनामा पार्टीको संगठन विस्तार गर्न दवाव दिँदै आएका छन् ।

यस्तो अवस्थामा संघीय संरचना अन्तर्गतका विभागहरु गठनको लागी सभापतीले निर्वाचनमा जाने वा तदर्थ समिति गठन गर्ने भन्नेमा दुइ विकल्प अघि सार्ने तयारी गरेको देउवा निकटका नेताहरुले बताएका छन ।

नेपाली कांग्रेसमा सभापति देउवाले एकलौटी निर्णय गर्ने गरेको भन्दै पौडेल र सिटौला पक्षधर नेताहरुले आरोप लगाउँदै आएका छन् । देउवाले महाधिवेशन लम्बाइ राख्न संघीय संरचनका विभागमा समेत तदर्थ समितिको विकल्प अघि सारेको पौडेल पक्षधर नेताहरुको आरोप छ । त्यसैले पनि निर्वाचन प्रकृया मार्फत संगठनको विस्तार गर्नुपर्नेमा पौडेल पक्षधर नेताहरुको जोड छ ।

नेपाली कांग्रेस भित्र मौलाएको गुटगत राजनीतिले पार्टीको संगठन विस्तारमा पनि प्रभाव पार्दै आएको छ । पौडेल पक्षधर नेताहरु पार्टी सभापतिले आफ्नो कार्यकाल लम्बाउन लागेको भन्दै संघीय संरचना अनुसार विभागको गठन गरी १४ औं महाधिवेसनको मिति तोक्नको लागि दवाव दिंदै आएका छन् ।

उनीहरु छिटो भन्दा छिटो निर्वाचन मार्फत संघीय संरचना अन्र्तगत विभागहरु गठन गरी महाधिवेसनको लागी तयार हुनुपर्नेमा जोड दिंदै आएका छन् । बैठकमा पेस हुने एजेण्डाको वारेमा रणनीति बनाउन पौडेल र सिटौला पक्षधर नेताहरु छलफलमा जुटेका छन् । गुटगत आधारमा तयारीमा जुटेको अवस्थालाई हेर्दा बैठकमा एकले अर्काे पक्षलाई गलाउने र दवाउने रणनीतिमा रहेको देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);