सशस्त्रका चार पूर्वमहानिरीक्षकलाई सफाइ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सशस्त्रका चार पूर्वमहानिरीक्षकलाई सफाइ

Army

काठमाडौं, १७ असार । विशेष अदालतले सशस्त्र प्रहरीका चार जना पूर्वमहानिरक्षिक (आईजीपी)लाई भ्रष्टाचार अभियोगबाट सफाइ दिएको छ । नक्कली बिल बनाई सामान खरिद गरेको अभियोग लागेका पूर्वमहानिरीक्षहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, वासुदेव वली र सनतकुमार बस्नेतलाई अदालतले सफाइ दिएको हो ।

बदनियतसाथ रकम हिनामिना गरेको भन्ने दाबी नपुग्ने ठहरसहित अदालतले सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी तथा सदस्यहरू द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले चारै पूर्वआईजीपीलाई सफाइ दिने आदेश गरेको हो । आदेशको पूर्णपाठ भने तयार भएको छैन ।

विशेष अदालतमा पुष्पराज पाण्डेयले मागदाबीअनुसार आरोप प्रमाणित नहुने आदेश भएको जानकारी दिनुभयो । पाण्डेयले भन्नुभयो, “विभिन्न तथ्यमा रहेर चारै जनासहित अन्य प्रतिवादीलाई सफाइ दिने आदेश भएको छ । यसमा ‘फेयर ट्रायल’को सिद्धान्त पनि अवलम्बन नभएको राय लेखिएको छ । ”

पूर्णपाठ नलेखिए पनि इजलासले आदेशमा अभियोजनकर्ता अख्तियारले स्वच्छ सुनुवाइको सिद्धान्त पालना नगरेको रायमा उल्लेख गरेको छ । यस्तै, मालसमान ढुवानीमा सम्बधमा भनिएको अनियमितताको बेरुजू फछ्र्योट तथा सम्परीक्षण भएको पाइएको पनि रायमा लेखिएको छ । इजलासले राय किताबमा अर्धसैनिक निकाय सशस्त्रमा सुरक्षा संवेदनशीलता समेतलाई आधार मानेर खरिदसम्बन्धी कागजात हेर्नुपर्नेमा सो कुरामा ध्यान पु¥याउन नसकेको पनि उल्लेख गरिएको छ ।

खरिद बिक्रीको अनियमिततामा प्रतिवादीले सुरुआतमा गरिएको बयानमा माथिको आदेशबाट नक्कली बिल बनाएको स्वीकार गरे पनि अदालतमा भएको बयानमा उक्त कुरा अस्वीकार गरेको रायमा लेखिएको छ । अभियुक्तहरूको साबिती बयान स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेको तीन सदस्यीय इजलासको रायमा उल्लेख गरिएको छ । विशेषको फैसलामा चित्त नबुझ्ने पक्षले अब सर्वोच्चमा पुनरावेदन गर्न पाउने छ । अदालतको फैसला बुझेको मितिले ३५ दिनभित्र पुनरावेदन गर्न सक्ने व्यवस्था छ । यो समाचार गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);