रोजगारीका लागि प्राविधिक शिक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

रोजगारीका लागि प्राविधिक शिक्षा

prabidhik siksha

काठमाडौं, १७ असार । व्यवसायले पेसागतरूपमा काम गर्न आवश्यक क्षमता, तालिम लिई जीविकोपार्जन गर्न सक्दछ भने प्राविधिकले ज्ञानविज्ञान, सिल्पकला, प्रविधि आदिसँग सम्बन्ध राखी जीवनोपयोगी सीपमा जोड दिन्छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा भन्नाले जीविकाका लागि गरिने कुनै पनि कार्य, जीवन निर्वाहको साधन, वृत्ति, पेसा, रोजगार, इलम, काम, उद्यमशिलतासम्बन्धी कार्यलाई जनाउँछ । परम्परादेखि सीपलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिन्थ्यो, जुन अद्यापि छ । माध्यमिक तहमा कक्षा ९ बाट साधारण र व्यावसायिक गरी दुईवटा धारमा शिक्षा सञ्चालन भएको छ । नेपालमा २०७० सालबाट विधिवत्रूपमा कक्षा ९ बाट नै प्राविधिक तथा व्यावसायिक शिक्षाको सुरुवात गरियो ।

कक्षा ८ (आधारभूत शिक्षा) प्राप्त गरेका इच्छुक विद्यार्थीलाई प्रवेश परीक्षाको माध्यमबाट छनोट गरी प्राविधिक तथा व्यावसायिक शिक्षाधारको कक्षा ९ मा प्रवेश दिइने गरिएको छ । हाल बाली विज्ञान, पशु विज्ञान, सिभिल इञ्जिनियरिङ, कम्प्युटर इञ्जिनियरिङ, इलेक्ट्रिकल इञ्जिनियरिङ र सङ्गीत शिक्षा क्षेत्रका विषयहरूको अध्ययन अध्यापन भइरहेको छ । कक्षा ९ र १० मा अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषय अनिवार्य विषयका रूपमा र सम्बन्धित विषय क्षेत्रका विधागत विषय छवटा गरी १० वटा विषय अध्ययन गर्दछन् । कक्षा ९ मा छवटा विधागत विषय तथा कक्षा १० मा छवटा विषय विधागत रूपमा अध्ययन गर्दछन् । विधागत विषयतर्फ कक्षा ९ र १० मा ६० प्रतिशत प्रयोगात्मक र ४० प्रतिशत सैद्धान्तिक परीक्षा तथा मूल्याङ्कन गरिन्छ । यो समाचार गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);