नेता र कर्मचारीको मिलेमतोमा विकास बजेट हिनामिना | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

नेता र कर्मचारीको मिलेमतोमा विकास बजेट हिनामिना

dr baburam bhattarai

काठमाडौं, १७ असार । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले नेता र कर्मचारीको मिलेमतोमा विकास निर्माणको बजेट हिनामिना हुने गरेको बताएका छन्। उनले जनतालाई बिचल्ली पारेर राष्ट्रिय ढुकुटी स्वाहा पार्न नहुने  तर्क गरे।

‘राजनीतिक दलका मान्छेहरु, प्रशासनका मान्छेहरु, ठेकेदार, इञ्जिनियरहरुको मिलेमतोमा विकास निर्माणको काममा बदमासी हुने गरेको छ’, सोमबार बिहान गोरखामा पत्रकारसँगको कुराकानीमा नेता भट्टराईले भने, ‘रणनीतिक महत्वका योजना, आयोजनाहरु दशौं वर्षसम्म काम हुँदैन, अलपत्र बनाइन्छ र बजेट हिनामिना गरिन्छ। ’

पूर्वप्रधानमन्त्री भट्टराईले जनतालाई बिचल्ली बनाएर विकासका आयोजनाहरु वर्षौसम्म अलपत्र पार्न नहुने धारणा राखे। आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको बारकिलो, बारपाक सडक दश वर्षअघि देखि ट्रयाक खोलेर अहिलेसम्म कालोपत्रे नभएकोप्रति उनले चिन्ता व्यक्त गरे। ‘रणनीतिक महत्वको बारकिलो बारपाक सडक, गोरखा आरुघाट सडक विगत लामो समयदेखि अलपत्र भएको देख्दा मलाई भित्रदेखि नै पीडाबोध भइरहेको छ’, उनले भने, ‘दूधपोखरी मार्ग जुन पञ्चायतकालको अन्तिमतिरदेखि काम सुरु भएको हो, अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन। बेनिघाट, आरुघाट सडकको हालत त्यस्तै छ।’ यो समाचार अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

ताजा समाचार