भावी सन्ततिलाई गरिबी र बेरोजगारी हस्तान्तरण नगर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

भावी सन्ततिलाई गरिबी र बेरोजगारी हस्तान्तरण नगर्ने

garibi

काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भावी सन्ततिलाई गरिबी र बेरोजगारी हस्तान्तरण नगर्ने बताएका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको दुईदिने ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६ को उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले हिजो शासन सत्ता चलाउनेले गरिबी मात्रै अन्त्य गरिदिएको भए अहिले आफू आधुनिकीकरणबाट अघि बढिरहेको हुने दाबी गरे । उनले अब आफ्नो कार्यकालको अन्त्यसम्म गरिबी र बेरोजगारी परिस्थिति अन्त्य गरेर भावी सन्ततिलाई समृद्ध नेपाल हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली कामदार अन्य मुलुकका भन्दा इमानदार भएकाले विदेशीले नेपालीलाई नै खोज्ने गरेको जानकारी गराउँदै उनले स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था गर्न सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराए । स्वदेशमै आत्मसम्मानपूर्ण रोजगारीको व्यवस्था गरिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, ‘श्रम भनेको जागिर मात्र होइन, अब आफैं रोजगारीको अवसर सिर्जना गर्नेतर्फ उत्मुख हुनुपर्छ ।’

उनले बेरोजगार उत्पादन गर्ने कारखानाका रूपमा रहेको मुलुकको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी सरकारले जीवनोपयोगी व्यावसायिक शिक्षामा जोड दिएको बताए । उनले नयाँ सीप विकास र व्यावसायिक तालिमबाट युवालाई थप नयाँ श्रमको क्षेत्रमा स्थानान्तरण गर्दै जानेतर्फ जोड दिने लक्ष्य सरकारले लिएको बताए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।