३ सय २९ लाई सुरक्षित घडेरी | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

३ सय २९ लाई सुरक्षित घडेरी

lal purja jagga

काठमाडौं, १५ असार । जोखिम बस्तीका ५ सय २६ भूकम्पपीडित लाभग्राहीमध्ये ३ सय २९ ले सुरक्षित स्थानको जग्गाधनी पुर्जा पाएका छन् । सबैभन्दा बढी जोखिममा परेको मानिने धार्चे गाउँपालिका–२ केरौंजाका ६५ घरपरिवारलाई गाउँमै शिविरको आयोजना गरी पुर्जा वितरण गरिएको छ ।

पटकपटक गरी केरौंजाको मात्र २ सय ६५ भूकम्पपीडितलाई सुरक्षित जग्गाको लालपुर्जा वितरण भइसकेको दिगो समाधान परियोजनाकी अधिकृत पुष्पा घलेले बताइन् । पछिल्लो समय लालपुर्जा पाएकाले जग्गा खरिदको रकम पाउन प्रक्रिया सुरु भएको उनको भनाइ छ ।

जोखिम बस्ती पहिचान भएका ठाउँका भूकम्पपीडितले प्राविधिकको सिफारिसपछि सुरक्षित थलोमा जग्गा खरिदका लागि बढीमा २ लाख रुपैयाँसम्म अनुदान पाउँछन् । जग्गाको लालपुर्जा, जग्गाधनीको नागरिकता र मालपोतको लिखत लगायत कागजपत्रका प्रतिलिपिका आधारमा जग्गाधनीको नाउँमा रकम निकासा हुन्छ ।

भूकम्पपछि जमिन चिरा परेका र पहिरोको जोखिम भएका क्षेत्रमा भूगर्भविद्को टोली पुगेको थियो । टोलीले जोखिम क्षेत्र पहिचान गरी भूकम्पपीडितलाई स्थानान्तर गर्न सुझाव दिएको थियो । पुनर्निर्माण प्राधिकरणको जिल्ला एकाइले त्यस्ता लाभग्राहीलाई सूचीकृत गरेर घडेरी खरिदका लागि अनुदान दिइरहेको छ ।  यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);