अमेरिकी राष्ट्रपति ट्रम्प र चीनियाँ राष्ट्रपति सीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अमेरिकी राष्ट्रपति ट्रम्प र चीनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

एजेन्सी, १४ असार । चीन र अमेरिका आर्थिक तथा व्यापार वार्ता गर्न सहमत भएका छन् । जी–२० सम्मेलनको क्रममा जापानको ओसाकामा शनिबार भएको भेटमा दुवै देशका राष्ट्र प्रमुखबीच उक्त सहमति भएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच समानता र पारस्परिक सम्मानको आधारमा आर्थिक तथा व्यापारिक परामर्श फेरि सुरु गर्ने सहमति भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अव अमेरिकाले चिनियाँ सामान निर्यातमा नयाँ कर लगाउने छैन भने दुवै देशका टोलीबीच आर्थिक र व्यापारिक विषयका विशिष्ट मुद्दामा वार्तासमेत हुने छ । भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले विगत ४० वर्षको अवधिमा भएका धेरै महत्वपूर्ण परिवर्तनका बाबजुद चीन र अमेरिकाको सम्बन्ध नयाँ स्थानमा पुगेको बताएका थिए ।

यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सीसँग महान बैठक भएको प्रतिक्रिया दिएका छन् । उनले चीनबाट अमेरिकाले खरिद गर्ने कृषि उत्पादनको सूची चीनलाई उपलब्ध गराउने जानकारी पनि दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);