माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक

काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसइईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै रुपमा सार्वजनिक गरेको हो । यस वर्ष एसइईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये दुई लाख ३६ हजार ४सय ४५ छात्र र दुई लाख ३८ हजार ५सय ५८ छात्रा परीक्षार्थी छन् । यस वर्षको परीक्षामा ३दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३दशमलव २ देखि ३दशमलव ६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २दशमलव ८ देखि ३ दशमलव २ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २दशमलव ४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १दशमलव ६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १दशमलव २ जीपीएदेखि १दशमलव ६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुपरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने जनाइएको छ । त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा परीक्षार्थीले पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);