आज एसईईको नतिजा प्रकाशित हुँदै, यसरी हेरौं नतिजा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

आज एसईईको नतिजा प्रकाशित हुँदै, यसरी हेरौं नतिजा

काठमाडौं, २१ असार । आज एसईईको नतिजा प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्न लागेको हो । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।

बोर्डले २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था गरेको छ । ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

२ लाख ४२ हजार ७ सय १२ जना छात्रा र २ लाख ४२ हजार ६ सय ७४ जना छात्रले परीक्षा दिएका छन् ।

यसरी हेरौं नतिजा

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);