महिलाहरु सुत्केरी भत्ता पाउनबाट बञ्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महिलाहरु सुत्केरी भत्ता पाउनबाट बञ्चित

दैलेखको गुराँस गाउँपालिका

विवश कुमार सेजुवाल

दैलेख, ११ असार । दैलेखको गुराँस गाउँपालिकाका महिलाहरु सुत्केरी भत्ता पाउनबाट बञ्चित भएका छन् । सरकारले स्वास्थ्य चौकीमा आएर नियमित चेकजाँच गराई स्वास्थ्य चौकीमै आएर बच्चा जन्माएका महिलाहरुलाई सुत्केरी भत्ता दिने ब्यवस्था गरे पनि दैलेखको गुराँस गाउँपालिकाका महिलाहरुले भने यो सुविधा पाउन सकेका छैनन् ।

नेपाल सरकारले गर्भवती अवस्थामा नियमित स्वास्थ्य परिक्षण गराई स्वास्थ्य चौकी मै बच्चा जन्माउने सुत्केरी महिलाहरुलाई दुई हजार यातायात खर्च र आठसय रुपैयाँ गर्भवती प्रोत्साहन भत्ता गरी जम्मा दुई हजार आठ सय दिने व्यवस्था गरिएको छ । तर दैलेखको गुँरास गाउँपालिकाका सुत्केरी महिलाहरु सुत्केरी भत्ताबाट बञ्चित छन् ।

गाउँपालिकाले समयमा भत्ता रकम नपठाईदिनाले आफुहरुले सुत्केरी महीलाहरुलाई भत्ता प्रदान गर्न नसकेको गुराँस गाउँपालिकाको गोगनपानी स्वास्थ्य चौकीले जनाएको छ । आफुहरुले समयमै बैङकमा खाता खोलेर खाता नंम्बर टिपाउँदा पनि गाउँपालिकाको लेखाले रकम पठाउन आनाकानी गरेको स्वास्थ्य चौकीका प्रमुख सुवर्णराज केसीको भनाई छ ।

सुत्केरी महिलाहरुलाई सुत्केरी भएको समयमा नै भत्ता दिन पाए राम्रो हुने तर गएको मंसिरदेखि भत्ता वितरण हुन नसकेको स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीहरुको भनाई छ ।

गुराँस गाउँपालिका स्वास्थ्य संयोजक नीर भण्डारीले आफुले माघ महिनामा नै स्वास्थ्य चौकीहरुमा भएको डेलीभरीहरुको विवरण बुझाई सकेको जानकारी दिनुभयो । बजेट हुँदाहुँदै पनि लेखाले भत्ता रकम नपठाएकोमा आफु जानकार नभएको उहाँले बताउनु भयो ।

महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई सुरक्षित गर्दै सरकारले हरेक महिलाको सुत्केरी स्वास्थ्य संस्थामा नै गराउने लक्ष्य राखेको छ । मात्रृ मृत्युदर र बाल मृत्युदरलाई घटनाउन सरकारले यो नीति लिएको हो ।

यसको लागि सरकारले सुत्केरी भत्ताको व्यवस्था गरेको हो । तर यो व्यवस्थावारे ग्रामिण स्तरका घरघरसम्म यो जानकारी नहुँदा महिलाहरु राज्यले दिने सुविधाबाट बन्चित हुने अवस्था देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);