राष्ट्रिय सभाको शून्य समयमा क-कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

राष्ट्रिय सभाको शून्य समयमा क-कसले के भने ?

rastriya sabha sunya samaya

काठमाडौं, ११ असार । राष्ट्रिय सभाको बैठकमा सांसदहरुले समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभाको शून्य समयमा सांसद दीपा गुरुङले ग्रामिण भेगमा संचालित क्याम्पसहरुलाई सरकारले उपलब्ध गराउदै आएको अनुदान बढाउन माग गर्नु भयो । अहिले उपलब्ध गराइएको अनुदानले नियमित रुपमा क्याम्पस संचालन गर्न अप्ठेरो परेको भन्दै अनुदान रकम कम्तिमा १५ लाख पुर्याउन माग गर्नुभयो ।

त्यसैगरी सांसद दुर्गा प्रसाद उपाध्यायले धान रोप्ने बेला आइसके पनि बजारमा मलको अभाब देखिएको बताउनु भयो । सांसद उपाध्यायले मलको अभाब कृतिम रुपमा गराइएको हुन सक्ने भन्दै सरकारले अनुगमन गरेर मलको उपलब्धता सहज बनाउन माग गर्नु भयो ।

सांसद बद्रि पाण्डेले असार १० गते कन्चनपुरको पुनर्बास नगरपालिकाको नगर परिषदमा अतिथि भइ पुग्नुभएकी खानेपानी मन्त्रि बीना मगरलाई कालो झण्डा देखाउने कांग्रेस कार्यकर्तालाई पुलिस र नेकपाको कार्यकर्ता लगाएर कुटपिट गरेको भन्दै विरोध गर्नुभयो ।

यसैगरी राष्ट्रियसभाको शुन्य समयमा बोल्ने अन्य सांसदहरुले विभिन्न समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);