ट्रम्प दुई दिने दक्षिण कोरियाको भ्रमणमा जाने | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

ट्रम्प दुई दिने दक्षिण कोरियाको भ्रमणमा जाने

trump and moon

एजेन्सी, ९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन । दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार ट्रम्पको भ्रमणवारे जानकारी दिएको हो ।

ब्लु हाउसका प्रवक्ता को मिन जुङ्गले पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लागेको बताए । सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्ने जनाइएको छ । भेटवार्ताको क्रममा दुई देशबीचको सम्बन्ध र सहयोगलगायत कोरियाली प्रायद्वीपमा निसश्त्रिकरणको विषयमा छलफल हुने जनाइएको छ ।

मुन र ट्रम्पकोबीच तीन महिना भन्दा पनि कम समयमा पुनः भेटवार्ता हुन लागेको बताइएको छ । यसअघि गत अप्रिलमा दुई नेताबीच भेटवार्ता भएको थियो । दक्षिण कोरियाको भ्रमण गर्नुअघि जापानको ओसाकामा हुने जि –२० सम्मेलनमा ट्रम्प सहभागी हुने बताइएको छ।