महानगरका योजना : न अध्ययन न कार्यान्वयन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

महानगरका योजना : न अध्ययन न कार्यान्वयन

roadktm

काठमाडौं, ९ असार । गत वर्ष काठमाडौ महानगरले सडक बत्ती कार्यक्रमका लागि ५ करोड रुपैयाँ छुट्यायो । ‘झिलिमिली काठमाडौं कार्यक्रम’ नाम दिइएको उक्त योजनाले काठमाडौं झिलिमिली हुन सकेन । दोब्बरभन्दा बढी माग र लागत लाग्ने भएपछि उक्त योजना अपूरै भयो ।

त्यस्तै गत वर्ष त्रिपुरेश्वर, कालीमाटी, थापाथली, माइतीघरजस्ता स्थानमा आकासे पुल निर्माण गर्ने योजना नीति तथा कार्यक्रमबाट पारित गरियो । ४ अर्ब ६ करोड भौतिक पूर्वाधार निर्माणतर्फ कुल बजेट रहेकामा पुलका लागि भने १२ करोड छुट्याइयो तर यो विषय पनि पर्याप्त प्राविधिक अध्ययन र छलफल नपुगेको भन्दै महानगर पछि हट्यो ।

यस्ता कैयौं योजनामा महानगरले पर्याप्त प्राविधिक अध्ययनबिनै कार्यक्रम छनोट गर्ने र बजेट निकासा गर्ने पाइएको छ । परिणामस्वरूप कतिपय योजना बीचमै तुहिने, कतिपयले निरन्तरता नपाउने समस्या देखिएको छ । महानगरले यसपटक पारित गरेको नीति तथा कार्यक्रममा गत वर्षका कतिपय योजनाबारे बोलिएको छैन ।

केहीलाई निरन्तरता दिइएको छ भने कुनै रोकिएका छन् । भूकम्पबाट बिग्रेको संरचना पुनर्निर्माण, बाटो विस्तारसहितको काम निर्धारित समयमा पूरा हुन नसकेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘कतिपय योजना काम गर्दै जाँदा विभिन्नसमस्या झेल्नुपर्ने हुन्छ,’ उनी भन्छन् ।

गत आर्थिक वर्षको नीति तथा कार्यक्रमको सहरी विकास नीतिअन्तर्गत बुँदा नं. ५३ मा काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित जग्गा एकीकरण आयोजनालाई शीघ्र सम्पन्न गर्न विशेष जोड दिइने उल्लेख छ । महानगरले हाल दुई वटा आयोजना सञ्चालनको जिम्मा लिएको छ, मनोहरा र चमती जग्गा एकीकरण आयोजना ।

‘दुवै आयोजनालाई आर्थिक सहयोग गरेका छौं,’ डंगोलले भने, ‘अब ती आयोजना सम्पन्नोन्मुख छन् । अन्तिम चरणमा पुगिसकेको छ ।’ यी आयोजनाका लागि महागनगरले गत आवमा ९८ करोड हाराहारी रुपैयाँ छुट्याएको थियो । सोही शीर्षकअन्तर्गत ५७ नं. बुँदामा ‘झिलिमिली काठमाडौं कार्यक्रम’ (मेयर उज्यालो कार्यक्रम) अन्तर्गत महानगर क्षेत्रभित्रका सडकमा आवश्यक संख्यामा सडक बत्ती जडान गरिने योजना थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);