पहिराले थुनिए २८ परिवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

पहिराले थुनिए २८ परिवार

pahiro sankhuwasabha

संखुवासभा, ९ असार ।  घरछेउबाट देखिने चारैतिरका डाँडा चिराचिरा परेका छन् । ती हेर्‍यो कि डर लाग्छ । ६ दिनयता रातभर पानी परिरहेको छ । दिउँसो घाम लाग्छ । कतिखेर कहाँबाट पहिरो जाला भन्ने त्रास छ । ठाउँठाउँमा जमिन फाटेको छ ।

असार ३ गते गएको पहिरोले मकालु गाउँपालिका ५ मा २८ परिवार गाउँमै थुनिएका छन् । उनीहरू ६ दिनदेखि राम्ररी निदाउन पाएका छैनन् । भीषण वर्षाले सबै भूभाग क्षतिग्रस्त भएको पेपुवाका विस्थापित मकरध्वज राईले बताए । ‘फोन पनि दिउँसो घाम लागेका बेला मात्र चल्छ,’ उनले भने, ‘उद्धारको पर्खाइमा छौं । नजिकैको खुला आकाशमा रात काटिरहेका छौं ।’

विस्थापितका लागि नजिकका बजार नुम र हेदान्ना हुन् । तर यहाँसम्म पुग्ने बाटो पहिरोले भत्काइदिएको छ । बाटो नभएपछि गाउँमै थुनिएर बस्नुपरेको राईले बताए ।

भएको अन्नपात सकिएपछि अब के खाने भन्ने चिन्ता उनीहरूमा छ । बालबालिका स्कुल जान पाएका छैनन् । विद्यालयसम्म पुग्ने बाटो छैन । पहिरोले भत्किएको बाटो पुनः सञ्चालनमा ल्याउन महिनौं लाग्न सक्ने गाउँले बताउँछन् । पहिरोको बाटो हिँड्ने सक्ने अवस्थामा नरहेको स्थानीय शैलेन्द्र राईको भनाइ छ । खानेपानीको मुहान पनि पहिरोले बगाएकाले धेरै समस्या भएको उनले बताए । ‘अकाशबाट झरेको पानी थाप्छौं र खान्छौं,’ उनले भने, ‘सबैको घरमा भएको अन्नपात सकिएकाले समस्या हुन थालेको छ ।’

असार ३ गते बिहानीपख पहिरो झरेपछि गाउँले आत्तिएका थिए । ‘मरियो जस्तो लागेको थियो, उज्यालो भएपछि हेर्दा जतासुकै पहिरो झरेको देख्यौं,’ राईले भने, ‘अन्यत्र जाने बाटो बन्द भइसकेको थियो । गाउँ वरिपरि पहिरो झरेकाले कुन बेला यता पनि जाने हो भन्ने चिन्तामा छौं । पेपुवाबाट मकालु गाउँपालिकाको केन्द्र आउन यसअघि ७ घण्टा लाग्थ्यो, अब पुग्नै नसकिने भयो ।’ किनमेलका लागि नुम बजार र हेदान्ना गएका पनि उतै बसिरहेको उनको भनाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);