काठमाडौं, ८ असार । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्नसक्ने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको आइतवारको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै खतिवडाले सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गरे आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने दाबी गर्नुभयो ।
अर्थमन्त्री खतिवडाले बजेट विनियोजनमा तराई–मधेसलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र एक अर्बमाथि बजेट विनियोजन गरिएको बताउनुभयो ।
उहाँले दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको जानकारी दिँदै दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्रीले दिएको जवाफमा बिपक्षी दलका सांसदले बजेट वितरणमुखी र सस्तो लोकप्रियता हासिल गर्ने खालको रहेको आरोप लगाएका थिए ।