स्थानीयतहमा कार्यक्रम गर्न गैरसरकारी संस्थालाई प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

स्थानीयतहमा कार्यक्रम गर्न गैरसरकारी संस्थालाई प्रतिबन्ध

lal babu pandit

काठमाडौं, ५ असार । सरकारले अनुमतिबिना स्थानीय तहमा कुनै पनि कार्यक्रम संचालन गर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने भएको छ ।

बिहिवार राजधानीमा आयोजित स्थानीय तहको क्षमता अभिबृद्धिका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिविना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम संचालन गर्न प्रतिबन्ध लगाउने जानकारी दिनु भएको हो । उहाँले सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम संचालन गर्न सक्ने बताउनुभयो । मन्त्री पण्डितले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार संचालन ऐन’ परिमार्जन गर्न लागिएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले स्थानीय तहको बजेट तथा योजनाको कामलाई प्रभावकारी बनाउन पनि सरकारले स्थानीय तहमै रहेर अभिमुखिकरण कार्यक्रम गर्ने योजना तय गरेको बताउनु भयो ।

स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको सो सम्मेलनमा स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रमहरुका विषयमा विस्तृत छलफल गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);