विश्वकप क्रिकेट: इंग्ल्याण्डद्वारा अफगानिस्तान पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

विश्वकप क्रिकेट: इंग्ल्याण्डद्वारा अफगानिस्तान पराजित

england vs afgasthan

काठमाडौं, ४ असार । विश्वकप क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानमाथि १५० रनको विशाल जित दर्ता गरेको छ ।

कप्तान इयान मोर्गनको कीर्तिमानी १७ छक्काको सहयोगमा ३९७ रनको विशाल योगफल बनाएको इंग्ल्याण्डको चुनौती अफगानिस्तानले पूरा गर्न सकेन । ३९८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ८ विकेटको क्षतिमा २४७ रन बनायो । उसका लागि हश्मतुल्लाह शहिदीले ७६, राहमत शाहले ४६, अस्घर अफगानले ४४ तथा गुल्बदिन नैबले ३७ रन बनाए । इंग्ल्याण्डका अदिल रशिद र जोफ्रा अर्चरले समान तीन तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ६ विकेटको क्षतिमा ३९७ रन बनाएको थियो । उसका लागि मोर्गनले ७१ बलमा १७ छक्का र चार चौकाको सहयोगमा १४८ रन बनाए ।उनी एक दिवसीय क्रिकेटको एकै पारीमा सर्वा्धिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । उनले १६ छक्का प्रहार गरेर क्रिस गेल, एबी डी भिल्लियर्स र रोहित शर्माले बनाएको कीर्तिमान भंग गरे ।यस्तै जोनी ब्रेष्टोले ९०, जोय रुटले ८८, मोइन अलीले ३१ र जेम्स विन्सले २६ रन जोडे । बलिङतर्फ अफगानिस्तानका दोलत जार्डन र गुल्बादिन नइबले समान तीन–तीन विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);