न्युरोडमा आजबाट स्मार्ट पार्किङ | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

न्युरोडमा आजबाट स्मार्ट पार्किङ

parking

काठमाडौं, १ असार । न्युरोड क्षेत्रमा आइतबार (आज)बाट सशुल्क स्मार्ट पार्किङ सुरु हुने भएको छ । केही दिनअघिबाट परीक्षणस्वरूप सुरुवात गरिएको स्मार्ट पार्किङको आइतबार बिहान काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्दै छन् ।

न्युरोड क्षेत्रका पाँच स्थानमा स्मार्ट पर्किङको व्यवस्था रहेको स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुली योर्सले जनाएको छ । कम्पनीका आइटी कोअर्डिनेटर हरिश अग्रवालका अनुसार रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट पार्किङ प्रणाली उपलब्ध हुनेछ । यी स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ गर्ने क्षमता रहेको अग्रवालले बताए । कम्पनीसँग तीन महिनाअघि महानगरले सम्झौता गरेको थियो । जसअनुसार स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी यही कम्पनीले पाएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);