निजी विद्यालयमा बिदा : सञ्चालकको मनोमानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निजी विद्यालयमा बिदा : सञ्चालकको मनोमानी

school

काठमाडौं, १ असार । निजी विद्यालयहरूले कुनै मापदण्डविना बिदा दिने गरेका छन् । विद्यालय बन्दको विरोध गर्ने निजी विद्यालयको छाता संगठन प्याब्सन तथा एनप्याब्सन आफैँले भने कुनै आचारसंहिता निर्माण नगरी बिदा दिँदै आएका छन् ।

उनीहरूले काठमाडौं एनप्याब्सनका सहसचिव तथा गोकर्णेश्वर नगर एनप्याब्सनका अध्यक्ष बालकुमार गुरुङको निधनमा १ असार आइतबारका दिन काठमाडौंका सबै निजी विद्यालय बिदा गर्ने निर्णय गरेका छन् । आफूखुसी बिदा दिने प्याब्सन र एनप्याब्सनको निर्णयको अभिभावक महासंघले विरोध गरेको छ ।

जोरपाटीको कान्तिपुर एकेडेमीका सञ्चालक गुरुङको ३० असारमा निधन भएको थियो । काठमाडौँ प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एनप्याब्सन अध्यक्ष विष्णुप्रसाद पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै आइतबार अन्य शिक्षालयहरूमा समेत शोक विदा दिन आव्हान गरेका छन् ।

तर, उनको निधनप्रति विद्यालय बन्द गरेर भन्दा अन्य तरिकाले शोक व्यक्त गरेको भए राम्रो हुने प्रतिक्रिया कतिपयले दिएका छन् । काठमाडौंका एक हजार भन्दा बढी निजी विद्यालयमा करिब दुई लाख विद्यार्थी अध्ययनरत छन् ।

प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले शोक मनाउन दिएको बिदा आन्तरिक बिदामा मिलाउने बताए । निजी विद्यालयमा बिदाको विषयमा एकरुपता ल्याउन आचारसंहिता बनाउने विषयमा छलफल भएको बताए । शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले शोक मनाउने चलन रहेपनि बिदा दिएको पढाइको दिनको क्षतिपूर्ति हुनुपर्ने बताए । संस्थागत निर्णय गरेर बिदा दिनु नयाँ अभ्यास नभएको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);