काठमाडौं, ३१ जेठ । निजी क्षेत्रको दुर सञ्चार प्रदायक संस्था एनसेलले आफ्ना ग्राहकहरुका लागि मोवाइल डेटामा आकर्षक योजना ल्याएको छ ।
बिहीबारबाट लागु गरिएको योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको मोवाइल डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् ।
यो योजना अन्तर्गत सात दिन समयसिमा भएको पाँच सय एमबी डेटा र तीस दिन समयसिमा भएको तीन जिबी डेटाको गरिदमा ग्राहकले त्यति नै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन् ।