अध्यक्ष प्रचण्डद्वारा स्व. नेता पौडेलकाे पार्थीव शरिरमा अन्तिम श्रद्धान्जली अर्पण (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अध्यक्ष प्रचण्डद्वारा स्व. नेता पौडेलकाे पार्थीव शरिरमा अन्तिम श्रद्धान्जली अर्पण (फोटो फिचर)

चितवन, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम (डिआर) पौडेलको पार्थीव शरिरमा अन्तिम श्रद्धान्जली अर्पण गर्नुभएको छ । अध्यक्ष प्रचण्ड पौडेलको माडीस्थित निवास पुगी उहाँ प्रति अन्तिम श्रद्धान्जली अर्पण गर्नुभएको हो ।

श्रद्धान्जली कार्यक्रममा नेकपाका नेताहरू वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, देव गुरूङ लगायतका नेताहरूको उपस्थिती थियो । पूर्व शिक्षामन्त्री धनीराम पौडेलको आज बिहान हृदयघातका कारण निधन भएको हाे ।

नेता पौडेलको चितवनस्थित आफ्नै निवासमा आज बिहान ६ः४५ बजे हृदयघातका कारण निधन भएको हो । पूर्व पत्रकार समेत रहनु भएका पौडेल पूर्व नेकपा माओवादीपार्टी हुँदा पोलिटव्यूरो सदस्य समेत हुनुहुन्थ्यो । हाल उहाँ नेकपाको केन्द्रीय सदस्य हुनुहुन्छ । पौडेलका श्रीमती र दुई छोरी हुनुहुन्छ । उहाँको आज नै माडीमा दाहसंस्कार गरिने छ ।

तस्विर : Comrade Prachandaकाे फेसबुकबाट

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);