चौतर्फी दबाबपछि सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

चौतर्फी दबाबपछि सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता

bus

काठमाडौं, ३१ जेठ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ । चौतर्फी दबाबपछि सार्वजनिक यातायातमा बढाएको भाडा तत्काल कार्यान्वयन नगर्ने निष्कर्षमा विभाग पुगेको हो ।

विभागका प्रवक्ता तीर्थ खनालले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको कान्तिपुरलाई जानकारी दिए । आजै दिउँसो असार १ देखि लागू हुनेगरी यातायात भाडा २० प्रतिशतसम्म बढाउने निर्णय गरिएको थियो।

स्रोतका अनुसार कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा भाडा बढाउने निर्णयबाट विभाग पछि हटेको हो।

महानिर्देशक कुमार दाहालले पनि चौतर्फी दबाब आएपछि भाडा वृद्धिको निर्णय फिर्ता लिएको स्वीकार गरे। उनले भने, ुसामाजिक सञ्जालदेखि चौतर्फी दबाब आयो, थप अध्ययन, अनुसन्धान गर्ने भएकोले निर्णय फिर्ता लिएका छौं।ु उनले यातायात व्यवसायी र सरोकारवालासँग छलफलपछि भाडा बढाउने निर्णय गरेको पनि जिकिर गरे। यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);