कारागारभित्रै कारोबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

कारागारभित्रै कारोबार

lagu aausadh

पोखरा, ३१ जेठ । नौ सय थान लागूऔषधसहित देवीकुमारी गुप्ता बुधबार पोखराको अमरसिंहचौरबाट पक्राउ परिन् । प्रहरीले सोधखोज गर्दा पत्ता लाग्यो, उनका श्रीमान् लागूऔषध मुद्दामै कास्की कारागारमा छन् । प्रहरी त्यतिखेर झन् चकित बन्यो जब कारोबार कारागारभित्रैबाट भएको पत्ता लाग्यो ।

देवीकुमारीका श्रीमान् उदयकुमार पुराना लागूऔषध कारोबारी हुन् । अपहरण मुद्दामा ७ वर्ष कैद भुक्तान गरिरहेका भारतीय नागरिक पवनकुमार सहनीसँग मिलेर उदयकुमारले कारागारबाट लागूऔषध कारोबार गरिरहेको खुलेको हो । प्रहरीसँगको बयानमा देवीकुमारीले सहनीकी श्रीमती मनीषा अर्जेलले भैरहवाबाट लागूऔषध पठाउने गरेको बताएकी छन् ।

उनका अनुसार कारागारभित्रै उदयकुमार र पवनकुमारको चिनजान भएको हो । त्यसपछि पवनकुमारकी श्रीमतीले भैरहवाबाट लागूऔषध पठाउने र उदयकुमारकी श्रीमतीले पोखरामा बिक्री गर्ने सहमति भयो । पवनकुमारले श्रीमती मनीषालाई फोन गरेर देवीकुमारीलाई लागूऔषध पठाउन भन्थे । उदयकुमारले आफ्नी श्रीमतीलाई मनीषाका नाममा रकम पठाइदिन फोनबाटै अह्राउँथे । मनीषाले ‘भरिया’ प्रयोग गरी लागूऔषध पोखरा पठाउँथिन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);