काठमाडौं, ३० जेठ । साताको अन्तिम दिन बिहीबार शेयरबजार परिसूचक नेप्से २.९२ अंकले घटेर १२६९.५५ अंकमा पुगेको छ । १ सय ७० कम्पनीका १४ लाख २३ हजार ६ सय ८७ कित्ताशेयर ६ हजार ५ सय ४८ पटकको कारोबारबाट ४५ करोड ६५ लाख ६ हजार ९ सय ४५ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.५४ अंकले घटेर २७१.८१ अंकमा पुगेर बन्द भएको छ ।
बिहीबार होटल समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ । होटल समूहको परिसूचक ४दशमलव १९ अंकले उकालो लागेको हो । सगरमानथा इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ३ करोड बढीको शेयर कारोबार भएको छ ।
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ५.२६ प्रतिशतले कमाएका छन भने प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ४.६७ प्रतिशतले गुमाएका छन ।




