कपिलवस्तुको बालबालिका शिक्षाबाट अझै बञ्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कपिलवस्तुको बालबालिका शिक्षाबाट अझै बञ्चित

siksha banchit baalbalika

कोपिला पोख्रेल

कपिलवस्तु, ३० जेठ ।  कपिलवस्तुको बाणगंगा नगरपालिकाका बालबालिकाहरु आफ्नो शिक्षाको अधिकारबाट अझै बञ्चित रहेका छन् । देशका सबै बालबालिकालाई विद्यालय पु¥याउन सरकारले विभिन्न अभियानहरु सञ्चालन गर्दै आईरहेको पनि कपिलवस्तुका धेरै बालबालिकाहरु अझै विद्यालय जान पाएका छैनन् ।

नेपालको संविधान २०७२ ले संविधानको मुल प्रस्तावना मै मौलिक हक अन्तरर्गत हरेक बालबालिकाले पढ्न पाउने अधिकार हुनेछ भनेर सविधानले लेखेको छ । तर यो संबिधानमा लेखिएको कुरा कपिलवस्तुको बाणगंगा नगरपालिकाका कतिपय स्थानका बालबालिका सम्म पुगेको छैन । र उनीहरुका अभिभावकहरु पनि यस प्रति सचेत देखिँदैनन् ।

बालबालिका भनेको काँचो माटो जस्तै हुन् । उनीहरु जस्तो वातावरणमा हुर्किए भविष्यमा त्यस्तै हुन्छन् । बालबालिकाले भने आफ्ना आमाबुवा काममा जाने भएकाले आफ्नो घरमा पढ्ने वातावरण नमिलेको गुनासो गर्छन् । उनीहरु जस्तै अन्य बालबालिका विद्यालय गएको देख्दा आफुलाई पनि पढ्न मन लाग्ने उनीहरुको भनाई छ ।

उता बाणगंगा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सन्तराम रौताहडले भने गरिब बालबालिकालाई शैक्षिक सामग्री ड्रेसहरु वितरण गरेको बताउनु हुन्छ । यता बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले भने यस बिषयमा नगरपालिका सचेत रहेको बताउनु हुन्छ । कहीँ कतै बालबालिका मजदुरको काम गरेको भेटिए भने अभिभावकको जिम्मा लगाउने उहाँको भनाई छ ।

बालबालिकाका मौलिक हक प्रति चासो नराखेकै कारण कतिपय बालबालिकाको दयनीय अवस्था छ । बालबालिकाले शिक्षा स्वास्थ्य, पोषण उनीहरुको अधिकार गरी बालबालिकाको ३९ वटा सुचकहरु छन् । तर अति विपन्न बालबालिकाले त्यसको अवसर लिन सकेका छैनन् । यसमा राज्यको विशेष ध्यान जान जरुरी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);