बेलायतीको हृदयमा गोरखा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २६ २०८१, सोमबार

बेलायतीको हृदयमा गोरखा

lanksher1

काठमाडौं, ३० जेठ । बेलायतका रक्षा राज्यमन्त्री मार्क लाँकास्टरले बेलायतीहरूको हृदयमा नेपाली गोरखा सैनिकको विशेष स्थान रहेका बताउनु भएको छ ।

बेलायतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा ब्रिटिस गोरखा ब्रिगेडले आयोजना गरेको कार्यक्रममा बोल्दै लाँकास्टरले सो कुरा बताउनु भएको हो ।

गोरखाहरू गतिशील, खुसी, समुन्नत र दुरदर्शी नेपालका असाधारण राजदूतहरू रहेको बताउँदै प्रधानमन्त्री ओलीसँग नेपालमा भेट हुँदा आफूले गोरखा व्रिगेडमा काम गर्दा उनीहरूसँगको सम्बन्ध विशेष सम्बन्ध भएको बताएको स्मरण गराउनुभयो ।

उहाँले दोस्रो विश्वयुद्धका बेला गोर्खा ब्रिगेडका सबै मुख्य कम्पनीहरूले युद्ध लडेको र उनीहरूको इतिहास उन्नाइसौं, बीसौं र एक्काइसौं शताव्दीका मुख्य द्वन्द्वहरूमा अदम्य सहासका कथाहरूले भरिएको बताउनुभयो ।

रक्षा राज्यमन्त्री लाँकास्टरले ब्रिटिस गोरखामा भर्तिहुन चहाने युवा नेपालका पहाड, गाउँ शहर हुँदै बेलायती सेनासम्म आइपुग्नु शारीरिक तथा मानसिकरुपले निकै चुनौती पूर्ण रहेको बताउनु भन्नुभयो,
उहाँले अगाडि भन्नुभयो, “हाम्रा युवा गोर्खाहरूले बेलायती जीवन पद्धति र बेलायती सेनामा अभ्यस्त बन्ने क्रममा भोग्ने संक्रमणको अबस्थामा उनीहरूलाई सहयोग गर्नु हाम्रो कर्तव्य र दायित्व हो भन्ने कुरालाई हामीले बुझेका छौ ।”

“चाहे बु्रनाइको घना जङ्ल , काबुलका सडक, हाम्रो सैनिक मुख्यालयमा सञ्चार प्रणाली उपलब्ध गराउने कुरामा होस् या नेपालमा भूकम्प पछिको गोरखा सैनिकका घरहरूको पुन निर्माणमा किन नहोस् सबैमा उनीहरू असाधारण देखिन्छन् । ” उहाँले अगाडि भन्नुभयो, “ हाम्रो नागरिकले माया गरेका र हाम्रा सत्रुहरू डराएका गोरखाहरू विश्वभर प्रख्यात छन् । उनीहरूले तपाईँका देशको नाम उच्च बनाउन नेपालका राजदूतका रुपमा काम गरी रहेका छन् ।”

रक्षा राज्यमन्त्री लाँकास्टरले भन्नुभयो, “ यो महान एकताको इतिहास स्मरण गरी रहँदा हामीले तपाईंहरू नेपालको जुन भविष्य निर्माण गर्न लाग्नु भएको छ त्यसलाई पनि हेर्नु पर्छ । ”

उहाँले गोरखाहरूले बेलायती सेनामा सिकेका मूल्य मान्याता साथै नेपाली संस्कृति, धर्म, परम्परा जो नेपालका लागि निकै महत्वपूर्ण छन् त्यसलाई समेत अंगिकार गर्दै नेपालको झण्डा फहराउँदै अफ्ना एकाइहरूमा काम गरेको हेर्न चहान्छौं ।”

गोरखाहरू विश्वमा नै उत्कृष्ट सैनिक हुन र उनीहरू बेलायती सेनामा हुन हाम्रा लागि शौभाग्य हो यसलाई हामी भविष्यमा पनि निरन्तरता दिन चहान्छौ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);